सेवाग्राहीसँग सात हजार घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २९ फागुन  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित सब–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो । 

वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । 

नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्