डिम्याट खाता खोल्नेको संख्या ६२ लाख नाघ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन ।  डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ८ हजार ५४५ पुगेको छ। सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांकअनुसार आइतबारसम्म डिम्याट खाला खोल्नेको संख्या ६२ लाख नाघेको हो।

यसअघि असार मसान्तसम्म डिम्याट खाताको संख्या ५७ लाख ५१ हजार ३४४ थियो। चालू आर्थिक वर्षको आठ महिनामा थप ४ लाख ५७ हजार २०१ डिम्याट खाता थप भएको आँकडामा उल्लेख छ। 

पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्न थालेपछि डिम्याट खाताको संख्या पनि बढेको हो। कम्पनीका अनुसार मेरो सेयर प्रयोग गर्नेको संख्या ५२ लाख ५८ हजार ७३९ पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्