सरकारसँग चारबुँदे सहमतिपछि मिटरब्याज पीडितको आन्दोलन स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। सरकारसँग चारबुँदे सहमति भएसँगै एक महिनादेखि जारी मिटब्याज पीडितले आन्दोलन स्थगित गरेका छन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा भएको दुई दिनसम्म गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि मिटरब्याज पीडितले आन्दोलन स्थगित गरेका हुन्।

आजको वार्तामा चारबुँदे सहमति भएको छ। सहमतिअनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न नयाँ आयोग गठन गर्न सरकार सहमत भएको छ। 

मीटर ब्याज पीडित संघर्ष समिति संयोजक अवदेश कुमार कुशवाहले सरकारसँग चारबुँदे सहमति भएपछि हालका लागि आन्दोलन स्थगित गरिएको बताए। पूर्व–पश्चिमबाट मिटरब्याज पीडित पैदल मार्च हुँदै काठमाडौं आएर विरोध प्रदर्शन गरिरहेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्