टि-२० सिरिजमा नेपालले पिएनजीसँग सामना गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पहिलो खेल नेपाल र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदै छ ।

नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।  

त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुने छ ।

यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए । 

अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।   

     
मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्