कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ फागुन ।  कर्णाली पुलमाथि गुडिरहेको एउटा ट्रकमा आगलागी भएको छ ।

आज बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली पुलमाथि ट्रकमा आगो लागेको हो । सो ट्रक वीरगन्जबाट कञ्चनपुरतर्फ जाँदै थियो ।

ना५ख५२९७ नम्बरको ग्यास सििलन्डर बोकेको ट्रकमा गुड्दा गुड्दै एक्कासि आगो लागेको कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्