मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

खबर बुक
  • ख-
  • ख+

गुल्मी, २८ फागुन । मुसिकोट नगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

नगरपालिकाले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णयबारे जानकारी गराएको हो ।

नगरपालिकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि यस्तो निर्देशन गरेको नगरपालिकाले जनाएको छ ।

मुसिकोट नगरपालिकाभित्र १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्