
काठमाडौं, फागुन २८ । धनगढीमा एक जना युवकको कुटपिटबाट ज्यान गएको छ ।
धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा गएराति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेको समयमा बेला उनीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका जानकारी दिनुभयो ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।