ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन 

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, २८ फागुन । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । हिजो नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो ।

व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गएको स्थानीय चुनावमा भने उहाँ नेपाली कांग्रेसबाट उम्मेदवार उठेका भतिज रविनमान व्यञ्जनकारसँग पराजित हुनुभएको थियो । व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालदेखि शुरू भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्