सास गन्हाउने समस्यालाई घरेलु विधिबाट कसरी हटाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २७ । सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट पिडित देखिन्छन्। सास गन्हाउने अनेक कारणहरु छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ। तीमध्ये सास गन्हाउने केही कारण र त्यसबाट छुट्कारा पाउने उपाय पढनुहोस्

सास गन्हाउनुका कारण :

पेटको समस्याः कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हुँदा पनि मुख गन्हाउने गर्छ। पेटको अल्सर भएमा यस्तो समस्या आउँछ। त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका खानेकुरा खाँदा पनि सासबाट गन्ध आउँछ। यस्ता खानाले ‘केटोन’ नामक दुर्गन्ध फाल्ने भएकाले सास गन्हाउने हुन्छ।

धूमपानः चुरोट सेवन गर्नेको सास सँधै गन्हाइरहेको हुन्छ । यस्तै, सुर्ती, गुट्खा खाने कुलत लागेका मानिसको मुखबाट दुर्गन्ध आउँछ ।

ब्याक्टेरियाः मुखभित्र ब्याक्टेरिया भएमा सास गन्हाउँछ। स साना ब्याक्टेरिया तपाईको दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन्। यी ब्याक्टेरियाले मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्रोसँग गन्हाउँछ।

टन्सिल: टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ। बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुने हुँदा दुर्गन्ध आउँछ।

तीक्ष्ण खानाः प्याज, लसुन, चाउचाउको धुलो, सुप र माछाका परिकार खाँदा मुख गन्हाउने हुन्छ। तसर्थ यी खानेकुरा खाएपछि तत्कालै दाँत सफा गर्नुपर्छ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?

दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ । रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरिरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ ।

दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अ्म्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनुपर्छ ।

तसर्थ, मुख, श्वास गन्हाउने अवस्था आफैंमा कुनै रोग नभएर यसले शरिरको अर्को कुनै अवस्थाको बारेमा जानकारी दिन्छ । तसर्थ, यो समस्या देखा परेमा लापरवाही नगरिकन नजिकैको दन्तचिकित्सकलाई देखाउनुहोला ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्