सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ फागुन ।  महोत्तरीकाे सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गाउँपालिकाको बाटो र नाला निर्माणमा अनियमितता गरेको आरोपमा फारुकसहित १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

यस्तै दोलखाको तामाकोशी गाउँपालिकामा सभा हल र शौचालय निर्माणमा १२ लाख ८९ हजार रुपैयाँ अनियमितता भएको भन्दै आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्