जनचाहनाअनुरुप सेवा दिन सके संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुन्छः राष्ट्रपति पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप प्रभावकारी ढंगले सेवा दिन सकिए संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताउनुभएको छ ।

आइतबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सातौँ स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले संविधानको भावना तथा संघीयताको मर्मअनुरुप राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत हुने गरि अघि बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिनसक्ने सम्भावना देखिएको धारणा राख्नुभयो ।

राष्ट्रपति पौडेलले मुलुक संघीयता रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकार जनताको घरदैलो नजिक स्थानीय तहसम्म पु¥याइएका सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्