पेनाल्टीमा भारतलाई हराउदै बंगलादेश जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ फागुन । बंगलादेशले साफ यू-१६ महिला फुटबलको उपाधि जितेको छ ।

ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ४-२ गोलले पराजित गरेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यस प्रतियोगितामा बंगलादेश र भारतका अलावा नेपाल र भुटान गरी चार देशले भाग लिएका थिए । नेपाल र भुटान भने समुह चरणबाट बाहिरिएका थिए ।
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्