आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

खबर बुक
  • ख-
  • ख+

अछाम, २७ फागुन ।  अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ की १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको बेला ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।ती पुरुषले शुक्रबार राती बालिकालाई बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी एवम प्रहरी निरिक्षक राजेन्द्र साउदले जानकारी दिनुभयो।

पक्राउ परेका पुरुषमाथि हाडनाताकरणी गरेको मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको सुचना अधिकारी साउदले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्