२० प्रतिशत विदेशी मुद्रा सञ्चिति बढ्यो

खबर बुक
  • ख-
  • ख+

 काठमाडौँ, २७ फागुन । गत माघसम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

गत असारको तुलनामा यो १९.९ प्रतिशतको वृद्धि हो । गत असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत माघ मसान्तसम्म १८.६ प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

गत माघसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो २०.७ प्रतिशतले बढेको हो । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, ०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ । माघसम्मको सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्