वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले गरे पदबहाली

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २७ फागुन । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गर्नुभएको छ ।

आइतबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले पदबहाली गर्नुभएको हो । पदबहालीपछि मन्त्री सुडीले वन बिनास रोकेर वनको विकासमा ध्यान दिने बताउनुभयो ।

वनको धनी नेपालमा विदेशबाट काठ ल्याउनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने उहाको भनाइ छ । उहाले वन क्षेत्रको विकास हुन नसके मुलुकको समृद्ध हुन नसक्ने जिकिर गर्नुभयो ।

पदवहाली गर्दै मन्त्री सुडीले वन मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्