
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य मात्र छन् ।