
काठमाडौँ, २७ फागुन । नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ ।
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लिएको छ ।
मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।
यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।
यस त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।
मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।