कांग्रेसद्धारा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न प्रस्ताव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ ।

सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरेपनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्