महिला लघुवित्तको साधारण सभा आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २७ फागुन ।  महिला लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्दैछ ।

सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सुरु हुनेछ ।

आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ  ।

सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्