प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थीत हुन माओवादीघारा ह्वीप जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थीत हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थीत हुन आफ्ना दलका सदस्यहरुलाई ह्वीप जारी गर्ने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र राष्ट्रिय सभा अध्यक्ष उम्मेद्वरका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने उहाले बताउनुभयो । बैठकमा संसदको कार्यतालिकालाई प्रभावकारी बनाउने बिषय र आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलका बिषयमा पनि छलफल भएको पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियालाई अघि बढाउनका लागि दृढताका साथ लाग्नुपर्नेमा जोड दिनुभएको प्रमुख समेचक पाण्डेले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्