राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेस निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ६ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेपछि सत्ता विमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ।

आज सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले बताएका हुन्।

त्यसका लागि विपक्षमा रहेका अन्य दलसँग राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा सहयोगका लागि छलफल अगाडि बढाउने निर्णय बैठकले गरेको उनको भनाइ छ। कांग्रेसले उम्मेदवारको चयन राष्ट्रिय सभा सदस्यको बैठकपछि गरिने जनाएको छ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकाएर केही दिनअघि बिदाबारी भइसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्