
काठमाडौं, २६ फागुन । भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले भारतीय नागरिकलाई रुसी सेनामा पठाउने तस्करहरुको सञ्जालका केही सदस्यलाई पक्राउ गरेको जनाएको छ ।
१३ वटा कम्पनीमा छापा मार्दा सङ्गठित नेटवर्कका रुपमा काम गरिरहेका केही व्यक्तिलाई पक्राउ गरेको सीबीआईले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
रुसी सेनामा भर्ना भएर युक्रेनमा लडिरहेका कम्तीमा दुई जना भारतीय नागरिकको ज्यान गएको सीबीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।