प्रभु बैंकको ८४ हजार १४४ कित्ता संस्थापक सेयर बिक्रीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ फागुन ।प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार १४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। 

यसअघि बैंकका विद्यमान संस्थापकलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेपछि यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने गरी बिक्री खुलाएको हो।

बैंकले सेयरको मूल्य भने तोकेको छैन। सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुकले फागुन २५ देखि १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन पेस गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्