
काठमाडौं, २६ फागुन । सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ ।
गोलबजार नगरपालिका–६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो ।
सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले बताए ।उनका अनुसार अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ ।
सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो ।मृतक अनिताका पति समेत घाइते छन् ।