लोसपाको पदाधिकारी बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ फागुन ।लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न शनिबार बैठक बोलाएको महासचिव डा. सुरेन्द्रकुमार झाले जानकारी दिए। 

बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भ्रातृ संगठन र राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्ने झाले बताए। 

फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा केन्द्रीय समिति बैठक बोलाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो। कार्यदलले काम गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्