मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमणकाे प्रयास

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ फागुन ।  दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण भएको छ । गए राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीका अनुसार अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको हो । घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । त्यस विषयमा प्रहरी अनुसन्धान गरिरहेको अध्यक्ष धामीले बताए ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए । नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उनले ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयको टोली पुगेर घटनाबारे अनुसन्धान थालेको जनाइएकाे छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्