सुनचाँदीको भाउ आज स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ फागुन । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।

लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ आज भने स्थिर रहेको हो।

हिजाे हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। 

हिजाे पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।

हिजाे प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्