बर्लिनको पर्यटन व्यापार मेलामा नेपालको पर्यटन प्रचार

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, २५ फागुन । जर्मनको बर्लिनमा आयोजित व्यापार मेलामा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिएको छ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपालको पर्यटन व्यवसायबारे प्रचारप्रसार गरेको हो।

नेपालको पर्यटनमा आबद्ध निजी क्षेत्रका ४० वटा पर्यटन र हस्पिटालिटी कम्पनीहरूसँगको सहकार्यमा मार्च ५ देखि ७ तारेखसम्म जर्मनीको मेसेबर्लिनमा आईटीबी बर्लिन २०२४ आयोजना गरिएको थियो। पर्यटन उद्योगसम्बन्धी आयोजना हुने प्रवर्धनात्मक कार्यक्रममा आईटीबी बर्लिन विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ट्राभल ट्रेड शोका रुपमा स्थापित कार्यक्रम हो।

यो वर्ष सम्पन्न आईटीबी बर्लिनमा १७० देशबाट ५ हजार ५०० भन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीहरुसहित विश्वभरबाट पर्यटनकर्मीहरु, पर्यटन उद्योगका क्रेताहरूलगायतलाई आमन्त्रण गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्