
काठमाडौं, २५ फागुन । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ।
मन्दिरमा पुजा गर्नेका लागि राति २ बजेदेखि नै ढोका खोलिएको थियो।
दर्शनार्थी रातिदेखि नै लाइनमा लागेका थिए। भीडको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले एकपटकमा १० जनाले दर्शन गर्न पाउने व्यवस्था गरेको छ। साथै भीडभाडलाई दृष्टिगत गर्दै पशुपति क्षेत्र भएर गुड्ने सवारीसाधन पनि डाइभर्ट गरिएको प्रहरीले जानकारी दिएको छ।