त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, २५ फागुन । आउँदो जुन महिनामा हुने टी–२० विश्वकपको तयारीअन्तर्गत त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान गरेको छ ।

नेपाली टोली गएराति ११ बजे हङकङ गएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

खेलाडीलाई बिदाइ गर्न क्यान र राखेपका प्रतिनिधि विमानस्थल पुगेका थिए । नेपालले हङकङमा घरेलु टोली र पपुवा न्युगिनीसँग त्रिदेशीय टी–२०अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । नेपालले भोलि हङकङसँग अभ्यास खेल खेल्नेछ, त्यसपछि पर्सिदेखि शृङ्खला शुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्