दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ ।

अस्वस्थ प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष नियुक्त भएको दाबीसहित रामदेव यादवले दायर गरेको रिटमा अन्तरिम आदेशसमेत माग गरिएको थियो ।

अध्यक्षको आकांक्षीसमेत रहेका यादवले अध्यक्ष भुपेन्द्र भण्डारीसहित दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सिफारिस समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

बिहीबार न्यायाधीश ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यादव अन्तिम तीनजनाको सूचीमा परेका नदेखिँदा रिटको अन्तिम सुनुवाइमा आवश्यक विषय सम्बोधन हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्