साफ यू-१६ महिला फुटबल: भारतसँग नेपालको लज्जास्पद हार

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो ।

जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो ।

यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र फाइनल खेल्ने निश्चित भएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ । अब समुह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहेपनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ । फाइनल खेल आइतबार हुने छ ।

Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्