नेपाललाई १० गोलले हराउँदै भारत १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको फाइनलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन । नेपाललाई १० गोलले हराउँदै भारत १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल खायो । फाइनलमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने थियो । जितसँगै भारतको तीन खेलमा ६ अङ्क भएको छ ।

भारतले पहिलो खेलमा भुटानलाई ७ गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ३ गोलले हराएको थियो ।

बंगलादेश दुई खेलमा ६ अङ्कसहित फाइनलमा पुगिसकेको छ । भोलि बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ । भुटान अङ्कविहीन हुँदै बाहिरीसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्