
काठमाडौं, २४ फागुन ।मिथिला माध्यमिकी परिक्रमा फागुन २७ गतेदेखि शुरु हुँदै छ। धनुषाको कौचरीबाट १५ दिने ऐतिहासिक धार्मिक परिक्रमा शुरु हुनेछ।
यो पवरिक्रमाका वेला नेपाल र भारतका हजारौं श्रद्धालुले १५ ठाउँमा विश्राम गरी १३३ किलोमिटर पैदल यात्रा गर्छन्।
माध्यमिकी परिक्रमामा विनानिम्तो लाखौँ भक्तजन परिक्रमावासी पुगेको ठाउँमा पुग्छन्। नेपाल-भारतको १३३ किलोमिटरको दूरी नांगो खुट्टा भ्रमण गरिन्छ। १५ तीर्थस्थलमा तीर्थालु पुग्छन्। प्रत्येक रात त्यहीँ वास बस्छन्।