
२४ फागुन, काठमाडौं । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ ।
तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।