
२४ फागुन, काठमाडौं । शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्रीको योग रहेको दाबी गरेका ज्योतिष सुरेशचन्द्र रिजालले नयाँ अर्थमन्त्री वर्षमान पुन र सेयर मार्केटको क्यामेस्ट्री मिल्ने बताएका छन्।
बिहीबार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै उनले अशुभ षडाष्टकले थिचिएको सेयर बजार नवनियुक्त अर्थमन्त्री आएसँगै सकारात्मक लयमा अगाडि बढ्ने बताएका हुन्।
षडाष्टक योग नवनियुक्त अर्थमन्त्री आएसँगै भंग भएकाले मन्त्री र मार्केटको क्यामेस्ट्री मिल्ने दाबी गर्दै उनले नेप्से पछिल्लो तीन वर्षायताकै उच्च बिन्दुमा पुग्ने बताएका छन्। रिजाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सातपटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने ज्योतिष हुन्। उनको भनाइमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवा निकै विश्वास गर्दै आएका छन्।
