
२४ फागुन, काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर सटहीको दर घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरअनुसार बिहीबार अमेरिकी डलर १को नेपाली खरिद दर १३२ रुपैयाँ २२ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ।
बुधबार उक्त दर क्रमश: १३२ रुपैयाँ ३४ पैसा र १३२ रुपैयाँ ९४ पैसा रहेको थियो। बिहीबार युरो १ को नेपाली खरिद दर १४३ रुपैयाँ ७६ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ। बुधबार युरोको सटही दर क्रमश: १४३ रुपैयाँ ६२ पैसा तथा बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको थियो।