
नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले अब नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षका रूपमा सहयोग गर्न चाहेको बताउनुभएको छ ।
उहाँले काँग्रेसले समय समयमा प्रतिपक्षमा बस्दै र उचित भूमिका पनि निर्वाह गर्दै आएको बताउनुभएको हो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा नेता खतिवडाले अहिलेको नयाँ सत्तासमिकरणले नेपालको राजनीति र संविधानमाथि प्रहार हुने खेल बढ्दै गएको बताउनुभयो ।
उहाँलेकाँग्रेसले सरकारमा रहँदा भन्दा प्रतिपक्षमा रहेको अवस्थामा झन् महत्त्वपूर्ण र सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।
उहाँले अहिलेको गठबन्धन फुटाउन नेपाली काँग्रेस नलाग्ने बताउनुभयो ।