शेयर बजार सामान्य बढ्याे, ३ अर्ब ४५ कराेड रुपैयाँकाे काराेबार

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, २३ फागुन । हिजो ७० अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज भने सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

आज बैंक, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै डोल्टी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।

आज ९१ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्