
काठमाडौं, फागुन २३ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।
बुधबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बृहत जनप्रदर्शनको तयारी सम्बन्धी कार्यक्रममा उहाले राप्रपाको एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको भन्दै सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पार्नुभएको हो ।
उहाले पछिल्लो राजनीतिक घटना क्रमले आफुहरुको आन्दोलनको अनुकुल वातावरण बनेको जिकिर गर्नुभयो । अहिलेको व्यवस्था रहेसम्म सुशासनका साथै बिकास र समृद्धिको कल्पना पनि गर्न नसकिने उहाले बताउनुभयो । उहाले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्तिपरिवर्तन गौर्ण भएको पुष्टि भएको धारणा राख्नुभयो ।
अहिले जनतालाई राप्रपाले उठाएको मुद्दा सहि रहेछ भन्ने कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधरले नै प्रमाणीत गरिदिएको उहाले बताउनुभयो ।