एमालेले प्रचण्ड सरकारमा शिर्ष नेतृत्व पठाएन्, जुनियर पठाउँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शिर्ष नेतृत्व नपठाउने भएको छ ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन । 

जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ । स्रोतका अनुसार यसअघि सपथ लिएर बिना बिभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ । 

हालसम्म महासेठको बाहेक एमालेका अन्य नेताको कुन मन्त्रालय पाउने हो ? भन्ने ठोस गरिसकिएको छैन् । छलफल जारी छ । Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्