सिटिजन्स बैंकले ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुलायो

खबर बुक
  • ख-
  • ख+

सिटिजन्स बैंक इन्टरनेसनलले ४० हजार २३७.६४ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ।

प्रतिकित्ता न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेस गर्नुपर्ने भनिएको छ।

तोकिएको समय संस्थापक सेयरधनीको आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्