बागमती प्रदेशमा कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित भएको छ ।

केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको हो । सोही अनुसार बुधबार कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले सामूहिक राजीनामाको तयारी गरिएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्