च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्यो बायर्न म्युनिख

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका थिए ।

यसअघि पहिलो लिगमा लाजियोले बायर्नलाई १-० गोलले पराजित गरेको थियो ।

त्यस्तै पिएसजीले पनि रियल सोसियडाडमाथि समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्