रास्वपा नयाँ गठबन्धनमा वामपन्थिहरुलाई सहयोग गर्न सामेल भयोः विश्लेषक कुइँकेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ फागुन ।  राजनीतिक विश्लेषक दीपक कुइँकेलले काँग्रेस सँगको गठबन्धन तोडेर नयाँ गठबन्धन गर्नु प्रधानमन्त्रीको अस्थिर चरित्रका रुपामा लिन सकिने बताउनुभएको छ ।

प्रचण्डले एमाले सँगको पहिलेको गठबन्धनमा प्रधानमन्त्री नपाएको भन्दै काँग्रेससँग गठबन्धन गरेको बताउँदै विश्लेषक  कुइँकेलले बिना कारण  प्रधानमन्त्रीले  काँग्रेससँग गठबन्धन तोड्नु अस्थिर चरित्र भएको बताउनुभएको हो ।

रेडियो काठमाण्डुको कार्यक्रम  राईट कर्नरमा कुराकानीका क्रममा उहाँले एमाले अध्यक्ष केपी ओलीले संविधान माथि कुठाराघात गरेपछि काँग्रेस,माओवादी लगायतका दलहरू मिलेर सरकार बनेको स्मरण गराउनुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पाटिलाई लक्षित गरी वैकल्पिक शक्ति बताउँदै जनताका माझ जाने दलहरू नयाँ गठबन्धनमा सामेल भएर कम्युनिस्टहरू बनाउन सहयोग गरिरहेको टिप्पणी गर्नुभयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्