
हेटौँडा, २२ फागुन । पुर्व–पश्चिम राजमार्गमा पर्ने बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा आज दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।
ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर पुलबाट खोलामा खसेर दुर्घटना हुँदा उनीहरू घाइते भएका मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा लगिएको भण्डारीले बताए।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइतेमध्ये १२ महिला, ३ पुरुष र २ जना बालबालिकाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।