
काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थनलाई फिर्ता लिएको छ ।
पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले हिजो नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरी नयाँ मन्त्रिपरिषद विस्तार गरेका छन ।