साफ यू–१६ महिला फुटबल: भारतमाथि बंगलादेशको ३-१ को जित

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । बंगालदेशले जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा मंगलबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जारी प्रतियोगितामा बंगलादेशको यो लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको थियो ।

यो जितपछि बंगलादेशको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भारतको भने २ खेलमा ३ अंक रहेको छ ।

अब प्रतियोगितामा विहिबार भारत र नेपालबीच खेल हुने छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्