
काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले जारी रहेकाे छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलागरी सुरु भएको हो ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।