
काठमाडौँ । कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।
राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएकाे बताए। कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।